Nicotto Town



雨の灰の日曜日 ひゃく詩時雨に

agosto 22 martedi ☀︎ 36/25℃

चितवन राष्ट्रिय निकुञ्ज nepal

(चि.रा.नि.) नेपालको सबैभन्दा पहिलो तथा सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज हो। यसको स्थापना सन् १९७३ मा गरिएको हो। यस निकुञ्जलाई सन् १९८४ मा युनेस्को विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरिएको हो। यसको क्षेत्रफल ९५२.६३ किमी (३६७.८१ वर्ग माइल) छ। यसको अवस्थिति उचाई तल्लो नदी उपत्यकामा १०० मी (३३० फिट) देखि चुरे पहाड क्षेत्रमा ८१५ मी (२,६७४ फिट) सम्म रहेको छ।[१] जैविक विविधताको धनी यो निकुञ्ज नेपालको मध्य तराईमा अवस्थित छ। यस निकुञ्जको मुख्य कार्यालय कसरामा रहेको छ जसकारण सबै प्रकारका प्रशासनिक कामहरू कसराबाटै हुने गर्दछ।

सन् १९५१ सम्म चितवन उपत्यका तत्कालीन शासकहरूका बीचमा सिकार खेल्नको लागि निकै लोकप्रिय थियो। जसले पछि गएर राष्ट्रिय निकुञ्जको रूप लियो। चितवन राष्ट्रिय निकुञ्जको मुख्यद्वार नजिकैको सहर भरतपुरबाट १० किलोमिटरको दुरीमा रहेको छ। यो निकुञ्जको भ्रमण गर्न सडकमार्ग हुँदै भरतपुर भएर टाँडीबाट भित्र पस्दै जान सकिन्छ भने भरतपुर विमानस्थलमा दैनिक उडान उपलब्ध छन्।





Copyright © 2024 SMILE-LAB Co., Ltd. All Rights Reserved.